ग़ज़ल

आज

साहिर लुधियानवी · सब कलाम देखें
साथीहरू, मैले वर्षौँतपाईँका लागिजून, तारा र बसन्तका सपना बुनिरहेँ।
सौन्दर्य र प्रेमका गीत गाइरहेँरहरहरूको महल सिँगारिरहेँम तपाईँहरूको गाइनेआयैपिच्छे तपाईँका लागिनयाँ गीत लिएर आइरहेँ।
तर आजफाटेको मेरो अस्मितामाहिँडेका बाटाको धूलोबाहेक केही छैन मसँग,मेरा सारङ्गीका छातीमा गीतहरूका घाँटी ङ्‌याकिएका छन्गुनासाहरू क्रन्दनको थुप्राभित्र पुरिएका छन्‌र गीतका धूनहरू बाडुली भएर अड्किएका छन्‌।
गाइने हुँ म तपाईँहरूको, गीत हुइनँ।ध्वस्त पारिदिनु भयो तपाईँहरूलेगीत सिर्जना गर्ने मेरा सामानहरू,र म आफ्नो भाँचिएका सरदाम लिएरहेरिरहेछु चिसा लासका थुप्राहरूलाई।
पाठ सत्यापित · Text verified against Kavita Kosh