ग़ज़ल
जय-जयकार छ
झुप्रोमा बस्नेमाथि पनि त्रिभुवनको मनमा प्यार छउनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ
जगमा कति यस्ता राजा छन्जो जन-जनको मनमा बस्छन्दुनियाँमा आजादी ल्याउनआफ्नो घरबाट निस्कन्छन्,जनताको निम्ति सदा लड्न जुन नृपको मन तयार छउनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छत्रिभुवनको मनमा प्यार छ ।
जनता कुनै कङ्गाल छक्वै भने मालामाल छआजाद तर नेपाल छराजाले दुनियाँ पाल छ,यस्तो राजाको शासनमा, झन् जनताको सरकार छउनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छत्रिभुवनको मनमा प्यार छ !
गोरखाली, नेवारे, भोटे छन्सुखमा हाँसेर लोटेछन्नेपाल नयाँ निर्माण गरौंभनी छलफल गर्न आँटेछन् ।थ्यो सिंह जहाँ एउटा, अब त दनियाँको दरबार छउनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छत्रिभुवनको मनमा प्यार छ !
जनताको वन्धन तोडिदिएमिथ्या आडम्बर फालिदिएआजादीको झिलमिल बत्तीघर, वन, पर्वतमा बालिदिएराजा छन् अरू, नेपालैमा नारायणको अवतार छउनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छत्रिभुवनको मनमा प्यार छ !
त्यो राजमहल भन्ने घर तआजाद प्रजाजनको दिल होत्यो क्रान्तिधामको महफिल हो--स्वातन्त्र्य-सिद्धिको मन्जिल होत्यसमा बसी जुन जनसेवक हून्, उनको सेवक संसार छउनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छत्रिभुवनको मन प्यार छ !
स्रोत-सत्यापन प्रतीक्षित — This text is pending verification against an authoritative source and may contain errors.