ग़ज़ल
त्यो नील गगन कस्तो होला ?
म सम्झंछु, तिमीले सम्झे, झन् मेरो मन कस्तो होला ?तिम्रो मनमा बस्न पाए, हाम्रो जीवन कस्तो होला ?
[१]म एक्लै छु तिमी एक्लै छ्यौम बेग्लै छु, तिमी बेग्लै छ्यौतिम्रो मेरो मन मिल्यो भने, मनको बन्धन कस्तो होला ?म सम्झन्छु तिमीले सम्झे. झन् मेरो मन कस्तो होला ?
[२]म पश्चिमको कालो बादलतिमी बादलको बिजुली चञ्चलतिमीसंगसंगै म पनि उडे भने, हाम्रो सावन कस्तो होला ?म सम्झन्छु तिमीले सम्झे, झन् मेरो मन कस्तो होला ?
[३]तिमी चम्कन्छ्यौ जूनकीरी सरीम नन्दनको एक चरीराती राती तिमी चम्किदिदा, मेरो आँगन कस्तो होला ?म सम्झन्छु तिमीले सम्झे, झन् मेरो मन कस्तो होला ?आँखामा टुलुटुलु हेर्दै छु ।मन मनमा यो पनि भन्दै छु ।आँखाको नानीवरिपरि, त्यो नील गगन कस्तो होला ?म सम्झन्छु तिमीले सम्झे, झन मेरो मन कस्तो होला ।
स्रोत-सत्यापन प्रतीक्षित — This text is pending verification against an authoritative source and may contain errors.