ग़ज़ल

भ्रान्ति

गोपाल सिंह नेपाली · सब कलाम देखें
ओडारसित, सोधें, “मान्छे कहाँ गयो ओडार ?”ओडारले भन्यो, “कुन्नि तलतिर ओर्ल्हेको मात्तै म जान्दछु ।““कुटी, मान्छे यहाँ अएको थियो ?”“हो, किन्तु पानी खाएर आउँछु भनेर गएको मान्छे, अहिले- सम्म केही पत्तै छैन !”“मूलधारा, मान्छे कहाँ गयो भन त ?”हिड्नुहोस्, म देखाउँछु ।““अगाडि-अगाडि खोलो, पछि-पछि म-समुद्रमा पुथ्यौँ ।खोइ त मान्छे ?” मैले भने ।“ऊ उतापट्टि ! भनेर लहरहरुले उसपार देखाइ दिए । उसपार जाँदा मन्दिर-भन्छ, “यता नआ यता नआ म्लेरुछ ।“नभागेको भए मस्जिदले झण्डै मेरो टाउको काटेकोगिर्जा मलाई देखेर हाँसी मात्तै रुहने !धर्म भन्छ, “तँ कुन ?”विज्ञान भन्छ- “तँलाई के खाँचो ?”राजनीति भन्छ, “त्यसो नभन विज्ञान, यसलाई समात्नु पर्छ ।“घुम्दा-घुम्दा थाक्न पनि थालें । रुख मन्तिर बसेर केही फल खान लागेको थिएँ कि दुइ-तीनोटा मान्छे पानी भर्न भनी जलाशय-तिर आउँदा रहेछन् । एउटालाई टयाप्प समातेर हिंड जाउँ भनेको त मान्छे आफूलाई पनि नचिन्ने ! मैलाई भन्नलागे तँकुन ?”म कुन त--लौ भन ?
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
स्रोत-सत्यापन प्रतीक्षित — This text is pending verification against an authoritative source and may contain errors.