ग़ज़ल

कहिले काहीँ

साहिर लुधियानवी · सब कलाम देखें
कहिले काहीँ मलाई यस्तो लाग्छ
जिन्दगी तिम्रा केशको शीतल छायामाबाँच्न पाएको भए, भाग्यशाली हुन पनि सक्थ्योमेरो जीवनको भाग्य भएर रहेको यो अँध्यारोतिम्रा आँखाका उज्यालामा बिलाउन पनि सक्थ्यो।
असम्भव थिएन, पीडाहरूसँग अनभिज्ञ भएरम तिम्रो सौन्दर्यको लावण्यमा हराइरहको हुने थिएँतिम्रो सुकोमल शरीर र तिम्रा प्रेममय आँखाकासुन्दर कथाभित्रै निमग्न भइरहेको हुने थिएँ।
सारादुनियाँले कर्कश तिक्तताले बोलाए पनि मलाईम तिम्रा ओठले माधुर्य पिइरहेको हुने थिएँजीवनले धम्क्याउँदै मलाई खेदिरहे पनिम तिम्रा घना केशका छायामा लुकेरै बाँचिरहने थिएँ।
तर त्यसो हुन सकेन, र यस्तो भइनै सक्योतिमी छैनौ, तिमी नहुनुको दु:ख, र तिम्रो चासो पनि रहेनबितिरहेछ जिन्दगी आफ्नै पारामा यसरी, मानौँयसलाई अब कसैको सहाराको खाँचो पनि रहेन
संसारभरिका पीरलाई अँगालो हालिसकेको छुहिँडिरहेछु चिने-नचिनेका बाटा-कुबाटा हुँदै
पाठ सत्यापित · Text verified against Kavita Kosh